जसपा सुनसरी उपाध्यक्ष धर्मविर आर्य रास्वपामा प्रवेश

Logo
Popular News बिहिबार, फाल्गुण ०७, २०८२

इनरुवा, ७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) सुनसरी जिल्ला कार्य समितिका उपाध्यक्ष धर्मविर आर्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

बुधबार हरिनगर बजारमा आयोजित प्रवेश कार्यक्रममा आर्यले रास्वपा प्रवेश गरेका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा आर्य हरिनगर गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी थिए । उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार गफार अन्सारीसँग पराजित भएका थिए ।

आर्यका अनुसार उनीसँगै जसपा नेपालबाट सयौंको संख्यामा नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा सुनसरी–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालविक्रम थापा तथा सुनसरी–४ का रास्वपा उम्मेदवार दीपक कुमार साहले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800