इनरुवा, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की भारी मतान्तरले पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह सँग उनी २४ हजार ६७१ मतले पछि देखिएका छन्।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार साहले ३८ हजार ८३८ मत प्राप्त गरेका छन् भने कार्कीले १४ हजार १६७ मत पाएका छन्।
यसैगरी नेकपा एमालेका जगदिश कुसियैतले ७ हजार २९५ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ नेपाली कम्युनिष्ट पार्टीका महफुज अन्सारीले ३ हजार १३९ मत पाउँदा श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ६७० मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो अवस्थाले सुनसरी–४ मा रास्वपा उम्मेदवार साहको जित लगभग निश्चित देखिएको छ।