मात्रिका यादवको सांसद पद कायम, किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Logo
Popular News आइतबार, चैत्र ०१, २०८२

काठमाडौं, १ चैत । सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह ले दायर गरेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै साहले अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। तर अदालतले तत्कालका लागि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ ।।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेल को इजलासले उक्त आदेश दिएको हो। आदेशसँगै हाललाई निर्वाचन आयोग को निर्णय यथावत् रहने भएको छ।

यससँगै धनुषा–१ बाट मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय कायम रहने भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800