सिटिजन्स बैंक कञ्चनबारी शाखामा ४ करोड ९१ लाख घोटाला, ५ कर्मचारी संलग्न आशंका

कर्मचारीहरूले फिक्स्ड डिपोजिट (एफडी) मा राखिएको रकमलाई धितो देखानक्कली कर्जा फाइल तयार गरी रकम निकाल्ने गरेका थिए
Logo
Popular News मंगलबार, चैत्र ०३, २०८२

विराटनगर, ३ चैत्र ।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको छ। बैंककै कर्मचारीहरूको मिलेमतोमा नक्कली ऋणीको फाइल खडा गरी रकम निकालिएको आरोपसहित प्रहरीमा उजुरी परेको हो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको पुष्टि गर्दै प्रहरी प्रमुख एसपी कविद कट्टुवालले अनुसन्धान जारी रहेको बताएका छन्। उनका अनुसार हिनामिनासम्बन्धी उजुरीका आधारमा आवश्यक कागजात माग गरी छानबिन प्रक्रिया अघि बढाइएको छ। “अहिले नै कसको संलग्नता कति छ भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,” उनले भने।

बैंक स्रोतका अनुसार प्रारम्भिक छानबिनमा कम्तीमा पाँच जना कर्मचारीको संलग्नता देखिएको छ। उनीहरूविरुद्ध उजुरी दर्ता गरिएको भए पनि प्रहरीले हालसम्म नाम सार्वजनिक गरेको छैन।

आन्तरिक लेखापरीक्षणका क्रममा ठूलो रकम हिनामिना भएको पुष्टि भएपछि बैंक प्रशासनले संलग्न भनिएका कर्मचारीहरूलाई निलम्बन गरिसकेको छ। स्रोतका अनुसार रोजी कँडेलको नेतृत्वमा घोटाला भएको संकेत देखिएपछि थप अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिइएको हो।

प्रारम्भिक विवरणअनुसार कर्मचारीहरूले फिक्स्ड डिपोजिट (एफडी) मा राखिएको रकमलाई धितो देखानक्कली कर्जा फाइल तयार गरी रकम निकाल्ने गरेका थिए। बैंकले हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कानुनी कारबाही गर्न माग गरेको जनाएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र रकम हिनामिनाको वास्तविक स्वरूप पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800