काठमाडौं, ४ चैत्र — निर्वाचन आयोग ले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई विहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई का अनुसार बिहान ११ बजे आयोगको कार्यालयमा प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको छ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा कुल ११० सांसद निर्वाचित हुने व्यवस्था छ। प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७, नेपाली कांग्रेस ले २०, नेकपा एमाले ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४–४ सांसद पाउने निर्क्यौल आयोगले गरिसकेको छ।
प्रमाणपत्र वितरणपछि सोही दिन दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेल लाई बुझाइने कार्यक्रम रहेको छ। अपराह्न ४ बजे शीतलनिवास मा प्रतिवेदन बुझाइने तय भएको छ।
आयोगले प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ।