मन्त्रिपरिषद्‌मा स्वास्थ्य मन्त्री निशा मेहता सहित पाँच महिला

Logo
Popular News शुक्रबार, चैत्र १३, २०८२

इनरुवा, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना महिला मन्त्री समावेश भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन्। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800