बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४८ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री सहयोग

Logo
Popular News मंगलबार, चैत्र १७, २०८२

इनरुवा, १७ चैत । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई करिब ४८ लाख रुपैयाँ बराबरका मेडिकल सामग्री तथा उपकरण सहयोग प्राप्त भएको छ।

प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच काठमाडौंस्थित Pest Pro Solution Pvt. Ltd. कम्पनीबाट उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सहयोगदाता कम्पनीका प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले सामग्री प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका सामग्रीहरूमा दैनिक उपचार सेवामा प्रयोग हुने विभिन्न मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू रहेका छन्। हाल प्रतिष्ठानमा बिरामीको चाप बढ्दै गएको र आर्थिक संकटका कारण केही स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्थामा यस सहयोगले सेवा प्रवाहमा प्रत्यक्ष टेवा पुग्ने विश्वास गरिएको छ।

सहयोग हस्तान्तरणका क्रममा दाता दीपक बनेपालीले आफू धरानकै स्थायी बासिन्दा भएको नाताले प्रतिष्ठानप्रति योगदान गर्न पाउँदा खुशी लागेको बताए। उनले अन्य व्यवसायी तथा मनकारी व्यक्तिहरूलाई पनि सहयोगका लागि आह्वान गरे।

उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले बनेपाली दम्पती तथा कम्पनीप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले उपचार सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800