Photo : File
इनरुवा, २ वैशाख । सरकारले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी शिक्षामन्त्री सस्मित पोखरेल ले दिएका हुन्। उनी सरकारका प्रवक्ता समेत हुन्।
मन्त्री पोखरेलका अनुसार आयोगको संयोजकमा राजेन्द्रकुमार भण्डारी नियुक्त भएका छन्। सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।
सरकारले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने उद्देश्यले आयोग गठन गरेको हो।
यो निर्णयलाई सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।