प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल

Logo
Popular News बिहिबार, बैशाख ०३, २०८३

काठमाण्डौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग पहिलो पटक सामूहिक छलफल गर्नुभएको छ। उक्त छलफलमा कोशी र सुदूरपश्चिम प्रदेशबाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा विकास निर्माणका काममा देखिएको ढिलासुस्ती, त्यसका कारण, सरकारका प्राथमिकता, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने विषय, साथै प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याबारे गहन कुराकानी भएको थियो।

यसका साथै राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारबीच सहकार्य कसरी थप सुदृढ बनाउने भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।

गत चैत १३ गते पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग पहिलोपटक यस्तो सामूहिक भेटघाट र छलफल गर्नुभएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800