वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्र बीच समझदारीपत्रमा हस्ताक्षर

Logo
Popular News शुक्रबार, बैशाख ०४, २०८३

इनरुवा, ४ बैशाख । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक सुधार गर्ने दीर्घकालीन नीतिअनुसार महत्वपूर्ण कदम चालेको छ। यसै क्रममा प्रतिष्ठानले काठमाडौँस्थित राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेकोछ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले तथा आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय झाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। साक्षीका रूपमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. बिक्रम प्रसाद श्रेष्ठ र आविष्कार केन्द्रका तर्फबाट उमेश जङ्ग राई सहभागी हुनुभएको थियो।

समझदारीअनुसार राष्ट्रिय आविष्कार केन्द्र ले प्रतिष्ठानमा प्रयोग भइरहेका सम्पूर्ण बायोमेडिकल उपकरणहरूको सुपरिवेक्षण गर्नेछ। साथै दैनिक आधारभूत मर्मत, केबल, सेन्सर तथा एसेसरिजहरूको मर्मत वा प्रतिस्थापन, मेकानिकल तथा इलेक्ट्रोनिक पार्टपुर्जाको मर्मत, पावर सप्लाई सुधारलगायतका कार्यहरू गर्नेछ।

यस सहकार्यले उपकरण बिग्रिँदा बाह्य विशेषज्ञको प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य हुने, मर्मतसम्भार नियमित हुने र उपकरणहरूको उपलब्धता सुनिश्चित हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800