इनरुवा, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिका वडा नं–४ को वडा अधिवेशनबाट विपिन कुमार मेहता वडा सभापतिमा चयन भएका हुन् । शुक्रबार सम्पन्न अधिवेशनले नयाँ वडा समिति चयन गरेको हो ।
अधिवेशनबाट उपसभापतिमा राकेश कुमार यादव र सचिवमा राधेश्याम यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा पार्वती देवी मेहता, प्रदीप मेहता, कविता मेहता तथा सरस्वती देवी मेहता चयन गरिएको जनाइएको छ ।