यातायात क्षेत्रका सरोकारवालासँग सुझाव संकलन

Logo
Popular News आइतबार, जेठ २४, २०८३

इनरुवा, २४ जेठ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात क्षेत्रका सरोकारवालासँग सुझाव संकलन गरेको छ।

इटहरीमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको उपस्थितिमा यातायात क्षेत्रका विविध विषयमा सुझाव संकलन गरिएको हो।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

यातायात व्यवसायी संघ–संगठन, यातायात मजदुर संघ–संगठन तथा ड्राइभिङ स्कुल संघका प्रतिनिधिहरूले पनि कार्यक्रममा आफ्ना धारणा र सुझाव राखेका थिए।

अन्तरक्रियाका क्रममा यातायात क्षेत्रका समस्या, सेवा प्रवाहको प्रभावकारिता, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा कानुनी सुधारका विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800