कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड ९८ लाख

Logo
Popular News सोमबार, आषाढ ०१, २०८३

इनरुवा, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा विदुर लिङ्थेपले आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमध्ये चालुतर्फ ३४.५५ प्रतिशत, पुँजीगततर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हिस्सा रहेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले वृद्धि गरेको जनाएको छ। चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

बजेटका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ तथा समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माण, पूर्वाधार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800