सशस्त्रद्वारा ८ लाख ५४ हजार रुपैयाँ बराबरका भन्सार छलिका सामान बरामद

Logo
Popular News बुधबार, साउन ०६, २०८३

इनरुवा, ६ साउन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरी र मातहतका विभिन्न युनिटबाट खटिएको सुरक्षा टोलीले करिब ८ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरका भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार नियमित सुरक्षा निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सरसामान बरामद गरिएको हो।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा भन्सार छली, अवैध आयात–निर्यात तथा तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800