इनरुवा, १२ साउन। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको संवेदनशील क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आइतबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक तथा घेराउजस्ता गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा पक्कली चोक, पश्चिमी सीमा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण क्षेत्र रहेको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको जनाएको छ।
