हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्वारा दुई जना पक्राउ

Logo
Popular News शुक्रबार, आश्विन ०२, २०८३

इनरुवा, २ असोज। हुण्डीमार्फत ठूलो रकमको कारोबार गरेको आरोपमा सुनसरी प्रहरीले मोरङका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरानी तथा विश्लेषण गरिएको थियो। त्यसक्रममा पक्राउ परेका दुवै जना अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा सञ्चालित बैंक खातामार्फत ठूलो रकमको कारोबारमा संलग्न रहेको खुलेको हो।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800