देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक जना घाइते, गोली चलेको पुष्टि नभएको प्रहरीको भनाइ

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Logo
Popular News शनिबार, आश्विन ०३, २०८३

इनरुवा, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साँझ करिब ५ः२५ बजे भएको झडपमा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका हुन्। यादवको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच, घटनाका विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्दै सामग्री सार्वजनिक भएपछि प्रहरीले त्यसप्रति ध्यानाकर्षण गराएको छ।

प्रहरीले हालसम्मको अनुसन्धानबाट गोली प्रहारबाट मृत्यु भएको पुष्टि नभएको जनाएको छ। घटनाको वास्तविकता नबुझी अपुष्ट सूचना सम्प्रेषण नगर्न र आधिकारिक स्रोतबाट पुष्टि भएपछि मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800