पूर्व–पश्चिम राजमार्गमा मृत फेला परेका पुरुषको पहिचान खुल्न सकेन, आफन्तको खोजीमा प्रहरी

Logo
Popular News शुक्रबार, आश्विन १६, २०८३

इनरुवा, १६ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १४ गते राति करिब ११:५० बजे राजमार्गको उत्तरपट्टि किनारमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर, उपचारका क्रममा अस्पतालमा कार्यरत चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल जिल्ला अस्पताल इनरुवाको शवगृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको र आफन्तसमेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको तस्बिरका आधारमा पहिचान गर्न सक्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800