भोक्राहामा चक्कु प्रहार हुँदा एक जना घाइते, दुई जना पक्राउ

Logo
Popular News मंगलबार, आश्विन २०, २०८३

इनरुवा, २० असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अन्सारी टोलमा आपसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन्।

स्थानीय २५ वर्षीय सादाब अन्सारीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका करिब ३० वर्षीय समसाद अन्सारी र ३५ वर्षीय साकिब अन्सारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सामान्य विषयमा विवाद हुँदा झगडा भएको र सोही क्रममा सादाबमाथि चक्कु प्रहार भएको हो। चक्कु प्रहारबाट सादाबको बायाँ पाखुरा, गाला र ढाडमा चोट लागेको छ।

घाइते सादाबलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800