ब्राउन सुगरसहित इटहरीबाट एक जना पक्राउ

Logo
Popular News मंगलबार, आश्विन २०, २०८३

इटहरी, २० असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ भेटघाट चोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

सोमवार साँझ करिब ६ः३० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र वडा प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भेटघाट चोकको भित्री सडकमा चेकजाँच गरेको थियो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १५ प ६३८९ नम्बरको मोटरसाइकलका चालक इटहरी–४ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने १ ग्राम ५२० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पदार्थ र मोटरसाइकलसहित श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800