इटहरीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ, २ लाख ३१ हजार रुपैयाँ बरामद

Logo
Popular News मंगलबार, आश्विन २०, २०८३

इनरुवा, २० असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार इटहरी–१७ बस्ने शेलिस शेर्पाको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सोमवार राति करिब १ः१५ बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट एक बुङ तास र नगद २ लाख ३१ हजार १ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही स्थानका ४७ वर्षीय गौरीशंकर लुईटेल र ४२ वर्षीय महेशलाल धामी तथा इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800