अवैध रूपमा ल्याइएको १५ लाख रुपैयाँको तरबुजा बीउ बरामद

Logo
Popular News मंगलबार, आश्विन २०, २०८३

इनरुवा, २० असोज । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा ल्याइएको ठूलो परिमाणको तरबुजाको बीउ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय सीतागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ केशलिया खोला नजिक विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त बीउ बरामद गरेको हो।

प्रहरीका अनुसार सोमवार साँझ करिब ५ः३० बजे चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको ३८ बोरा तरबुजाको बीउ फेला परेको थियो। बरामद गरिएको बीउको तौल १ हजार ५ सय २० किलोग्राम रहेको छ।

बरामद बीउको अनुमानित मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको तरबुजाको बीउ इलाका प्रहरी कार्यालय दुहवीमा ल्याइएको छ। आवश्यक कानुनी कारबाहीका लागि उक्त बीउलाई सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800