इनरुवामा ८.२६ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित चार जना पक्राउ

Logo
Popular News शनिबार, आश्विन २४, २०८३

इनरुवा, २४ असोज। सुनसरीको इनरुवाबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले असोज २३ गते दिउँसो ४ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका उनीहरूमाथि शंका लागेपछि खानतलासी गर्दा ८ ग्राम २६० मिलिग्राम अर्थात् ८.२६ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का २४ वर्षीय सुमन राई तथा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३२ वर्षीय भविन प्रधान, ३० वर्षीय रबिनकुमार प्रधान र इटहरी–३ का ३१ वर्षीय मुकेन्द्रकुमार राई रहेका छन्।

प्रहरीले बरामद पदार्थसहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको अन्वेषण तथा योजना शाखाले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800