देवानगञ्जमा ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

Logo
Popular News बुधबार, आश्विन २८, २०८३

इनरुवा, २७ असोज ।सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले ५७ किलो लागूऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ। दुवै घटनामा मोटरसाइकल चालक प्रहरीलाई देखेपछि  छाडेर फरार भएका छन्।

इलाका प्रहरी कार्यालय देवानगञ्ज र प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले देवानगञ्ज गाउँपालिका–४ मेहताटोलमा भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 50 AH 1913 को मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए।

प्रहरीले उक्त मोटरसाइकलमा कालो प्लास्टिकले बेरेर राखिएको ५१ किलो गाँजा बरामद गरेको जनाएको छ।

त्यसैगरी, देवानगञ्ज गाउँपालिका–६ स्थित रासी साहेबगञ्ज जाने भित्री सडकखण्डमा रासी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले अर्को  ६ किलो गाँजा बरामद गरेको छ। प्रहरीलाई देखेपछि उक्त मोटरसाइकलका चालक पनि फरार भएका थिए।

प्रहरीका अनुसार दुवै घटनाबाट बरामद गरिएको कुल ५७ किलो गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। फरार चालकहरूको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800