इनरुवाबाट ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ

Logo
Popular News आइतबार, कार्तिक ०२, २०८३

इनरुवा, १ कार्तिक । सुनसरीको इनरुवाबाट ९१५ किलोभन्दा बढी लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का बुलबुल यादव, सन्तोष यादव र आशिष यादव तथा दुहबी नगरपालिका–१० का कुन्दन यादव रहेका छन्।

सुनसरी प्रहरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकैको ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरमा लागूऔषध गाँजा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।

सो क्रममा घरको कोठामा लुकाएर राखिएको ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा बरामद गर्नुका साथै घटनामा संलग्न रहेको आशंकामा चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800