केसलिया खोला हत्या प्रकरण : शंकास्पद व्यक्ति पक्राउ

Logo
Popular News बुधबार, कार्तिक १२, २०८३

इनरुवा, ११ कार्तिक । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलामा बोराभित्र मृत फेला परेका लालजी प्रसाद गुप्ताको हत्या प्रकरणमा नयाँ मोड आएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

भारतको उत्तर प्रदेशस्थित वाराणसी घर भएका गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार फलामको रडले टाउकोमा प्रहार गरी गुप्ताको हत्या गरिएको आशंका गरिएको छ। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले विराटनगर महानगरपालिका–६ बाट एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको बताइएको छ। यद्यपि, प्रहरीले पक्राउ र घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छैन।

घटनाको कारण, हत्यामा संलग्न व्यक्तिको पहिचान तथा अन्य सम्भावित संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800