इनरुवामा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु, २० विद्यालयको सहभागिता

Logo
Popular News शुक्रबार, मंसिर १२, २०८३

इनरुवा, ११ मंसिर । सुनसरीको इनरुवामा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। राइजिङ इनरुवा युथ क्लबको आयोजनामा ‘विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ सिजन–३’ सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले गरे।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता मंसिर ११ गतेदेखि १८ गतेसम्म चल्ने क्लबका अध्यक्ष महेश्वर साहले जानकारी दिए । प्रतियोगिता हरेक दिन बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

प्रतियोगितामा इनरुवाका २० वटा निजी तथा सामुदायिक विद्यालयका खेलाडीहरूको सहभागिता रहेका छन्।

विद्यालयस्तरबाटै विद्यार्थीहरूमा क्रिकेट खेलप्रतिको रुचि र प्रतिभा विकास गर्ने तथा स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताले इनरुवा क्षेत्रका विद्यालयहरूबीच खेलकुद प्रतिस्पर्धा बढाउनुका साथै आपसी सद्भाव कायम गर्न र नयाँ क्रिकेट प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800