जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

Logo
Popular News सोमबार, कार्तिक २४, २०८३

इनरुवा, २३ कार्तिक । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–९ निवासी २० वर्षीय आकाश कुमार खत्वे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी पोष्ट साम्बालाबाट खटिएको प्रहरी टोलीले २०८३ साल कात्तिक २२ गते साँझ ६ बजे आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।

सुनसरी जिल्ला अदालतले २०८२ साल वैशाख ३ गते जबरजस्ती करणी मुद्दामा खत्वेलाई १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

फैसलापछि झुम्का कारागारमा १ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गरेका उनी २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार उनीमाथि अब ११ वर्ष ३ महिना २४ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको छ।

पक्राउ परेका खत्वेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800