गाई तिहार आज मनाइँदै, घरघरमा गाईको पूजा आराधना गरिँदै

Logo
Popular News सोमबार, कार्तिक २४, २०८३

इनरुवा, २३ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज नेपालीहरूले घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउँदै छन्। वैदिक सनातन परम्परादेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने चलन रहिआएको छ।

तिहारको औँसीका दिन गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक परम्परा छ।

ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा व्याख्या गरिएको छ। गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वासका कारण पनि गाईलाई विशेष महत्त्व दिइन्छ।

गाईको दूध पौष्टिक हुने र मानव जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भएकाले गाईलाई मातृस्वरूप मान्ने गरिएको हो। धार्मिक पूजा तथा अनुष्ठानमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य तयार गरी प्रयोग गर्ने परम्परासमेत छ।

आजको दिन गाईलाई फूलमाला लगाई पूजा गरेर मीठा परिकार खान दिने चलन छ। यसो गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।

त्यस्तै, साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराइदिने धार्मिक मान्यता पनि रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800