तिहारमा २४सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयद्वारा जिल्ला प्रशासनलाई निर्देशन

Logo
Popular News सोमबार, कार्तिक २४, २०८३

इनरुवा, २३ कार्तिक । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन आग्रह गरेको हो।

मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पारेको छ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने भन्दै विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने अश्लील नृत्य, गीत, सङ्गीत तथा नाराको प्रयोग नगर्न निर्देशन दिएको छ।

त्यस्तै, चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।

साथै सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन तथा जथाभावी फोहोरमैला नगर्न पनि मन्त्रालयले सबैलाई सचेत गराएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800