इनरुवा, २८ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–९, कोशीपारीस्थित श्रीलंका टप्पुमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट अंगोला देवी चन्द्रवंशीको घर तथा घरभित्र रहेका लत्ताकपडा, नगद, सुन, चाँदी, खाद्यान्नलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब ३ लाख रुपैयाँ नगद, २ तोला सुन र १६ तोला चाँदीसहित घरमा रहेका अन्य सामग्री नष्ट भएको बताइएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आगलागीबाट प्रभावित चन्द्रवंशी परिवारलाई बराहक्षेत्र नगरपालिकाका नगर प्रमुखको सक्रियतामा तत्काल राहत उपलब्ध गराइएको छ। नगरपालिकाले पीडित परिवारका लागि अत्यावश्यक खाद्यान्न तथा अस्थायी आवासका लागि त्रिपाललगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।